ल्याण्डफिल राखिने वडामा अवसर पनि थपिनेछ: अधिकारी

पाेखरा | मंसिर २७, २०७९

ल्याण्डफिल राखिने वडामा अवसर पनि थपिनेछ: अधिकारी

पोखरा महानगरपालिकाबाट जम्मा हुने फोहोर व्यवस्थापन गर्न अहिले ल्याण्डफिल साइटको खोजी भइरहेको छ । नयाँ साइटको खोजीमा अहोरात्र मिहिनेत गरिरहेको महानगरसँग प्रश्न गर्दा ‘अब छिट्टै टुंगो लाग्ने’ रेडिमेड जवाफ पाइन्छ । 

 

तर रेडिमेड जवाफ हैन काम नै भइरहेको पोखरा महानगर फोहोर व्यवस्थापन समितिका संयोजक रामचन्द्र अधिकारी बताउँछन् । अधिकारीका अनुसार ल्याण्डफिललाई डम्पिङ् साइट भनेर बुझ्दा स्थान चयन हुन नसकेको बताउँछन् । 

 

प्रशोधन केन्द्र स्थापना गर्न ८० देखि सय रोपनीसम्म जमिन आवश्यक पर्ने महानगरको अनुमान छ । 

 

हाल भइरहेको जस्तो फोहोर डम्पिङ् गर्ने नभई प्रशोधन केन्द्रकारुपमा ल्याण्डफिल व्यवस्थापन हुने अधिकारीले जनाए । वडा नम्बर ३३ का अध्यक्षसमेत रहेका अधिकारीले धरान र दिल्लीमा अवलोकन गरेर फर्किएपछि सोही अनुसारको व्यवस्थापन गर्ने तयारी भइरहेको दाबी गरेका छन् । 

 

महानगरले हाल वडा नम्बर २१, २२ र ३३ मा साइट राख्ने प्रारम्भिक निष्कर्ष निकालेर योजना बनाइरहेको छ । ‘फोहोर फाल्ने डम्पिङ् साइट राख्न दिनुहुन्न भन्ने बुझाई छ’ अधिकारी भन्छन् ‘ तर त्यसो होइन, हामी पूर्ण आधुनिक शैलीमा प्रशोधन केन्द्र बनाउँने छौं । 

 

अधिकारीका अनुसार जहाँ फोहोर प्रशोधन केन्द्र स्थापना हुन्छ त्यस वडामा अवसरहरु पनि उपलब्ध हुनेछ । ‘मुख्य कुरा त त्यस वडामा रोजगार सृजना  हुनेछ, त्यहाँ वडाबासीलाई प्राथमिकता दिइनेछ’ अधिकारी भन्छन्, ‘सडक, बाटोघाटोसँगै विकास र पूर्वाधार निर्माणमा बढी बजेट विनियोजन हुनेछ ।’

 

त्यस्तै, अन्तर्राष्ट्रिय विमानस्थलसँग जोडिएको विषय भएकाले प्रदेश र संघबाट पनि उक्त वडामा रकम विनियोजन हुने सम्भावना उत्तिकै रहेको उनको धारणा छ । 

 

विमानस्थल पोखरा र देशकै गौरवमय योजना भएकाले अब कसैले पनि अनावश्यक खिचलो थाप्न नहुने भन्दै उनले सबै पक्षलाई सहयोग गर्न अनुरोधसमेत गरेका छन् । 

 

काठमाडौं:   प्रधानमन्त्री तथा मन्त्रिपरिषद्को कार्यालयले नागरिकका गुनासो  सुनुवाइलाई छिटो, छरितो, पारदर्शी र प्रभावकारी बनाउन ‘हेलो सरकार’ लाई स्तरोन्नति गरी नागरिक गुनासो तथा एकीकृत सेव...

थप पढ्नुहोस्

चितवन:  जिल्लाका विभिन्न स्थानबाट ५७ जनालाई जुवाको खालबाट नियन्त्रणमा लिइएको छ । चालु आर्थिक वर्ष सुरु भएसँगै उनीहरूलाई नियन्त्रणमा लिइएको हो ।  उनीहरूबाट रु आठ लाख ३८ हजार ६४५ नगदसमेत बरामद ...

थप पढ्नुहोस्

काठमाडौं:   नेपाल राष्ट्र बैंकले बैंक तथा वित्तीय संस्थाबाट रु ८५ अर्ब बराबरको तीनमहिने निक्षेप सङ्कलन गर्ने भएको छ । राष्ट्र बैंकको मौद्रिक व्यवस्थापन विभागले आज जारी गरेको सूचनाअनुसार उक्त निक्षेप सङ्क...

थप पढ्नुहोस्